पर्सामा चट्याङ लागेर दुई जनाको मृत्यु 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

पर्सामा चट्याङ लागेर दुई जनाको मृत्यु भएकाे छ।

मंगलबार विहान चट्याङ लागेर जिराभवानी गाउँपालिका वडा नं. ३ जितपुर निवासी ४५ बर्षीय अस्तुर्नी देवी थरुनी र सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ देउरवाना निवासी ५२  बर्षीय रघुवीर यादवकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

स्थानीयहरूसँगै खेतमा राेपाइँ गरिरहेकाे अवस्थामा विहान ७ बजे चट्याङ खस्दा थरुनीको घटना स्थलमै मृत्यु भएकाे र अन्य ४ जना घाइते भएकाे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताएका छन्।

त्यस्तै, भैसी चराइरहेकाे अवस्थामा चट्याङ खस्दा रघुवीर यादवकाे  पनि घटना स्थालमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2021-06-29 10:38:00

प्रतिकृया दिनुहोस्