‘डिभी’सँग सम्बन्धित प्रश्नकाे जवाफ दिन दूतावासले भाेलि ‘लाइभ च्याट’ गर्ने

नेपालस्थित अमेरिकी दूतावास डाइभर्सिटी भिसा (डिभी)बारे जानकारी दिन भाेलि लाइभ च्याट गर्ने भएकाे छ।

डाइभर्सिटी भिसा-२०२५ सँग सम्बन्धित प्रश्नहरूकाे जवाफ दिन लाइभ च्याट गर्न लागेकाे दूतावासले जनाएकाे छ।

दूतावासका कन्सुलर अधिकारीले भोलि (मे ७) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासकै फेसबुक पेजमा लाइभ जवाफ दिने भएकाे हाे। 

दूतावासले डिभीसँग सम्बन्धित प्रश्नहरूकाे भए साेध्न भनेकाे छ। 

प्रकाशित मिति: : 2024-05-06 17:56:00

प्रतिकृया दिनुहोस्