चुपचाप बसेर तपाईंले रामचन्द्रलाई सघाउनुभएकाे हाे ? रामशरण महत भन्छन्, 'हैन, म पनि मैदानमै छु'

शिलापत्र

काठमाडौँ

 भागवत भट्टराई

 

कांग्रेसको १४औँ महाधिवेशनको मिति तोकिएसँगै संस्थापकइतर समूहमा साझा उम्मेदवार खोज्ने चुनौती बढेको छ । १३औँ महाधिवेशनमा तत्कालीन संस्थापक पक्षले साझा उम्मेदवार बनाउन नसक्दा बेहाेरेकाे क्षति सम्झेर पनि यस पटक दाेस्राे पुस्ताका नेताहरू सचेत देखिन्छन् ।  

अघिल्लाे पटक संस्थापन पक्ष मानिएका कृष्ण सिटौलाले तेस्रो धार जन्माएर सभापतिमा उम्मेदवारी दिएपछि शेरबहादुर देउवालाई चुनाव जित्न सजिलाे भएकाे थियाे । १३औँ महाधिवेशनअघि कोइराला-पौडेल समूहमा रहेका अर्जुननरसिंह केसी, चन्द्र भण्डारीलगायतका नेताहरू देउवा गुटमा खुले, जाे अहिले पुन: संस्थापनइतर पक्षमा आइसकेका छन् । तर, अहिले संस्थापनइतरलाई साझा उम्मेदवार छनोट गर्न भने हम्मेहम्मे परेको छ  ।

कोइराला परिवारभित्र महामन्‍त्री शशांक कोइराला र गत महाधिवेशनमा केन्द्रीय सदस्‍यमा सर्वाधिक मत ल्याएर विजयी शेखर कोइरालाले सभापतिमा दाबी गरेका छन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छाेरी सुजाता कोइरालाले पनि आफू सभापतिका लागि योग्य रहेको भन्दै दाबी गर्न थालेकी छन् । 

प्रकाशित मिति: : 2021-06-27 18:13:00

प्रतिकृया दिनुहोस्