सुरवीर पण्डितको जीवन : मेरो मृत्युको जिउँदै अनुभव गर्न पाएँ

मलाई नै फोन गरेर मेरो मृत्यु सोध्ने कति कति

रातोपाटी

काठमाडाैं

सुरवीर पण्डित पछिल्लो समय कलाकारितामा ‘दारी बा’का नामले चर्चित छन् । यो परिचय उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएका हुन् । यो सिरियलबाट उनी सर्वत्र चिनिएका हुन् ।

कलाकारितामा सुरवीर पण्डितको नामबाट चिनिएका उनको वास्तविक नाम केशवप्रसाद पण्डित हो । विसं २०४३ देखि नियमित कलाकारितामा रमाउँदै आएका उनी समकक्षीको तुलनामा धेरै पछि छन् । त्यसैले पनि उनी अहिले पनि भन्छन् कलाकारिता पेसा बनाउने कोसिसमै छु ।

सङ्ख्याले ५० भन्दा बढी टेलिसिरियल र ४० माथिका फिल्म र एक सय हाराहारीका म्युजिक भिडियोमा अभिनय गरेका पण्डित आर्थिक रूपले धेरै पछि परेका छन् । त्यसैले पनि होला उनी मोटरसाइकल चढ्दा सीधा बाटो डोर्याउँछन्, ओरालो स्टार बन्द गरेर चढ्छु । यसो गर्नु आफ्नो बाध्यता भएको बताउने उनी आफू डिमान्डेट र पपुलर कलाकार गुनासो पोख्छन् ।

कलाकारिताकै कारण केही दिनअगाडि उनको मृत्युको झुटो खबरसमेत फैलिएको थियो । ‘मेरी बास्सै’मा मृत्युको अभिनय गरेका कारण उक्त खबरको सामाना गर्नुपरेको उनी बताउँछन् । भन्छन्, ‘झुटो खबरले मेरो मृत्युको पछि आफन्त कति विछिप्त हुन्छन्, आतिन्छन् जिउँदै अनुभव भयो ।

प्रकाशित मिति: : 2021-06-26 10:32:00

प्रतिकृया दिनुहोस्