युद्धको उपचारका लागि परदेशी हुम्लीबाट सहयोग

केही दिनअघि हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयास्थित जबुका गाउँका दुवै खुट्टा भाँचिएर घाइते भएका बालक युद्ध शाहीको उपचारका लागि चीनमा रहेका हुम्लीले आर्थिक सहयोग पठाएका छन्।

उपचारका लागि आर्थिक अवस्था कमजोर भएको समचार प्रकाशन भएसँगै चीनमा रहेर व्यापार, व्यवसायलगायत अन्य काम गरिरहेका हुम्लीले रु ८१ हजार ७०० सहयोग पठाएका हुज्। चीनमा रहेका ७५ हुम्लीले आफ्नो एक दिनको खाजाबापतको रकम कटाएरसहयोग गरेको चीनमा रहेका सिमकोट–४ बुराउने गाउँका जङ्गबहादुर लामा (निमा) ले बताए।

लामाले युद्धको घरको आर्थिक अवस्था अति नाजुक भएको तथा बुबा नभएर उपचारमा थप समस्या बनाएको भन्ने समाचार प्रकाशन भएपछि अलिकति भए पनि आर्थिक सहयोग गर्नुपर्छ भन्ने मान्यताले सहयोग रकम जुटाउने कार्यमा नाम्खा गाउँपालिका लिमी गाउँका छुल्ठिम लामासँग मिलेर सङ्कलन गरेको उक्त रकम बुधबार नेपाल पठाएको बताए।

बालकको उपचारका लागि आथिंक सङ्कलनका लागि छुल्ठिमसँग मिलेर चीनमा रहेका हुम्लीसँग सहयोग मागेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-06-25 08:33:00

प्रतिकृया दिनुहोस्