बालिकालाई जबरजस्ती करणी गर्ने भारतीय नागरिक पक्राउ 

१६ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरामा एक भारतीय नागरिक पक्राउ परेका छन्।

इन्द्रजित कुमार शर्मा नाम गरेका व्यक्तिलाई प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालका अनुसार बालिकालाई ललाई-फकाई गरी विभिन्न प्रलोभनमा पारेर डर, धम्कीसमेत दिई जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन्।

प्रहरी कार्यालयमा परेको जाहेरी अनुसार उनले बालिकाको गोप्य रुपमा भिडियोसमेत बनाएर उक्त भिडियो तथा फोटोहरु पीडित बालिकाकै नामको नक्कली फेसबुक आईडीसमेत बनाएर पोष्ट् गरेको बताइएकाे छ।

भारतको बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला फतुछापर ब्रिति टोला वडा नम्बर ७ बथना स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिबन बस्ने २७ वर्षीय ईन्द्रजित कुमार शर्मालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। 

उनलाई पोखरा १४ चाउथेबाट उनलाई पक्राउ गरिएको थियो। जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको डिएसपी हमालले जानकारी दिए।

प्रकाशित मिति: : 2021-06-24 18:49:00

प्रतिकृया दिनुहोस्