राजीनामाकाे माग गर्दै शिक्षामन्त्रीकाे पुत्ला जलाइयाे

जातीय विभेदका घटनाको राज्यले संरक्षण गर्न खोजिएको भन्दै बिरोध प्रदर्शन भएको छ।

क्रियाशिल दलित पत्रकार संघ नेपालले बिहिबार दिउँसो माइतीघरमा प्रदर्शन तथा हस्ताक्षर अभियान चलाएको थियाे।

बबरमहल निवासी सरस्वती प्रधानले जातीय छुवाछुत गरेर रिहाई हुँदा शिक्षामन्त्री प्रहरी कार्यालयमा पुगेर छुटाएका थिए। छुवाछुत व्यवस्थालाई बढवा दिन खोजेकोले बिरोधमा उत्रिएको संघकी अध्यक्ष कल्पना सुनारले बताएकी छिन्।

राज्यले यस्ता घटनाको संरक्षण गर्दा समाज गलत दिशामा जान सक्ने खतरा भएको हुँदा आफू आन्दोलनमा उत्रीको अभियान्ता रिता सुनार ले बताएकी छिन्। उनका अनुसार यो घटना पछि रुपा सुनारलाई धम्की समेत आउन थालेको छ।

विभिन्न अधिकारकर्मीहरुले शिक्षा मन्त्री कृष्ण गाेपाल श्रेष्ठकाे राजिनामाकाे माग गर्दै पुत्लासमेत जलाएका छन्।

प्रकाशित मिति: : 2021-06-24 19:41:00

प्रतिकृया दिनुहोस्