सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली सरकारका २१ जना नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारीमुक्त हुने आदेश दिएसँगै एमालेकै एकल सरकार कायम रहने भएको छ।
जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र महत्ताे पक्ष १९ दिनमै सरकारबाट बाहिरिएका हुन्। माओवादी केन्द्रबाट एमालेमा गएका रामबहादुर थापाको समूह पनि मन्त्रीपरिषद्मा रहेनन्।
अब सरकारमा प्रधानमन्त्री ओलीसहित एक उपप्रधानमन्त्री र तीन जना मात्र मन्त्री बाँकी रहेका छन्।
संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा गत जेठ २१ गते जसपा सरकारमा सहभागी भएको थियो।
अब आगामी निर्वाचनसम्म प्रधानमन्त्रीसहित ५ सदस्यीय मन्त्रीपरिषद् रहने छ।