निर्वाचन आयोगले जसपाकाे ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिता दाबी गर्न भन्याे

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षलाई प्रमाणसहित १५ दिनभित्र पार्टीको आधिकारिकता दाबी गर्न समय दिएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादव समूहले ४ असारमा आधिकारिता दाबी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले उक्त दाबीबारे महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको हाे।

आयोगको आइतबारको बैठकबाट ठाकुर पक्षलाई १५ दिनको समय दिने निर्णय भएको हो।

‘जनता समाजवादी पार्टी नेपालका तर्फबाट उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको निर्णय र आवश्यक कागजातसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विववाद निरुपण गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन २०७८/३/४ मा दर्ता हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दावी तथा प्रमाणको प्रतिलिपी संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने ।’ आयोगको निर्णयमा भनिएको छ। 

प्रकाशित मिति: : 2021-06-21 17:20:00

प्रतिकृया दिनुहोस्