स्वघाेषित सामाजिक 'अभियन्ता'को आतंक, जतासुकै तीन करोड नेपालीको धम्की

शिलापत्र

काठमाडौँ

 नवराज कुँवर

 

६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरू कुटाकुट गरेको देखिन्छ । यो भिडियो एकताका युट्युब ट्रेण्डिङमै परेको थियो । 

दाताले पीडितका लागि पठाएको केही हजार रुपैयाँ पुण्य गौतमले हिनामिना गरेको आरोप युट्युबरले लगाउँछन् । भनाभन बढ्दै जान्छ । बीचमा आइपुग्छन्, अर्का कथित सामाजिक अभियन्ता विनयजंग बस्नेत । ‘१५ हजारमा पीडितलाई जम्मा २ हजार मात्र दिएर १३ हजार कहाँ लैजानुभयो ?’, विनयजंगले पुण्यलाई प्रश्न गर्छन् । प्रतिवादका क्रममा पुण्य भन्छन्, ‘हावा कुरा सुनेर भएन नि, तपाईंले लाखौं लाख खानुभयो रे !’ अनि विनयजंगको पारो तात्छ । ‘बोल्न आउँछ भन्दैमा जे पायो तै बोल्ने ?’ भन्दै उनले पुण्यलाई झापु लगाउँछन् ।

त्यसको केही दिनपछि युट्युबरकाे समूहले घेरेर पुण्य गौतमलाई कुटेको भिडियो भाइरल बन्छ । प्रहरीले केही महिनापछि विनयजंगलाई पक्राउ गरेर हिरासतमा समेत राखेकाे थियाे । आफूलाई सामाजिक अभियन्ता बताउने यिनलाई हेरेर कसले के सिक्ने ? 

२ जेठ २०७७ राति नागढुङ्गा नाकामा बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि एउटा समूहले दुर्व्यवहार गर्‍यो । लकडाउनका बेला अत्यावश्यक कामका लागि काठमाडौं आएका डाक्टरलाई हप्कीदप्की गर्दै झोला जाँच गर्नेहरूमध्ये केही कथित सामाजिक अभियन्ता नै थिए । उत्तम कार्कीसहितका पाँच जनालाई पछि प्रहरीले थुनेको थियो ।

प्रकाशित मिति: : 2021-06-18 14:05:00

प्रतिकृया दिनुहोस्