नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ। महाधिवेशनको सम्बन्धमा छलफल गर्न बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक आज दिउँसो पनि पनि बस्दैछ।
बिहिबार बसेको बैठकले नवीकरण गर्न छुट भएका क्रियाशील सदस्यहरुलाई पुनः नवीकरण गर्ने मौका दिने निर्णय गरेको छ।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले ७७ वटै जिल्लालाई परिपत्र गर्दै असार ९ गतेभित्र छुट भएका क्रियाशील सदस्यता नवीकरण गरी त्यसको विवरण पठाउन निर्देशन दिएको हो।
साथै कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने भएको छ। महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार केन्द्रीय समिति बैठकमा गाउँ तथा नगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधन गरिएको कार्यतालिका पेश गरेका थिए।
यस्तो छ केन्द्रीय समितिमा पेश भएको कार्यतालिकाः
गाउँरनगर वडा अधिवेशन- २०७८ साउन १२ गते
गाउँ रनगरपालिका अधिवेशन- २०७८ साउन १६गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन- २०७८ साउन २० गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन- २०७८ साउन २३ गते
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन- २०७८ साउन २६ गते
प्रदेश अधिवेशन- २०७८ भदौ १ र २ गते
केन्द्रीय महाधिवेशन- २०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा।