एप्पल डेलीको कार्यालयमा हङकङ प्रहरीको छापा, प्रधान सम्पादक पक्राउ

AFP

हङकङस्थित राष्ट्रिय सुरक्षा प्रहरीले प्रजातन्त्रको समर्थक मानिने एप्पल डेलीका प्रधान सम्पादक रयन ल–लाई पक्राउ गरेको छ।

बेइजिङले जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेकाे बताइएकाे छ। प्रहरीले प्रधान सम्पादक लसहित अन्य पाँचजना पत्रकारलाई नियन्त्रणमा लिएको एप्पल डेलीले जनाएकाे छ।

बेइजिङले देशद्रोह र पृथकतावादी गतिविधि तथा विदेशीहरूसँग मिलेर चिनियाँ विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गर्न आदेश दिएकाे हो। चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि स्थानीयवासी महिनाैँदेखि त्रसित छन्।

दैनिक पत्रिका डेलीका मालिकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेकाे छ। 

हङकङमा जारी गरेको नयाँ सुरक्षा कानूनका विराेध गर्दै प्रजातन्त्र र स्वतन्त्रताको समर्थनमा एप्पल डेलीमा खरो रुपमा उत्रिँदै आएको छ। 

डेलीले चिनियाँ नीतिप्रति आलोचना गरेकै कारण प्रधान सम्पाद ल, प्रमुख कार्यकारी अधिकृत चिउङ किम हुङ, चो ताट् किउङ, सहसम्पादक चान पुइमेन र प्रमुख कार्यकारी सम्पादकलाई समाचार कक्षबाटै पक्राउ परेका हुन्।

स्वतन्त्रताको वकालत गरेकै कारण प्रधान सम्पादकलगायत अन्य पत्रकार पक्राउ परेकाे दृश्यपछि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। 

प्रकाशित मिति: : 2021-06-17 11:38:00

प्रतिकृया दिनुहोस्