उपेन्द्र यादवले भने- निर्वाचन आयोगको तटस्थता र निष्पक्षामाथि नै शंका छ

फाइल तस्वीर
फाइल तस्वीर

जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादवले निर्वाचन आयोग पूर्वाग्रहपूर्ण रहेको आरोप लगाएका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको बताएका छन्।

यादवले भनेका छन्, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षामाथि नै गम्भीर शंका उत्पन्न भएको छ।’

उनले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको आयोगको निर्णयमा सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको बताएका छन्।

प्रकाशित मिति: : 2021-06-15 14:52:00

प्रतिकृया दिनुहोस्