जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

Symbolic photo
Symbolic photo

चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका-२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका-१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको प्रहरीले बताएकाे छ।

 महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-06-13 16:00:00

प्रतिकृया दिनुहोस्