दाङको राजपुरमा वनको डढेलोले गाउँनै सखाप, राहतका लागि समस्या

दाङ
दाङ

दाङको राजपुर गाउँपालिका ७ मा वनको डढेलो बस्तीमा पस्दा हाडबास गाउँ सखाप भएको छ। गाउँमा भएका २७ घरमध्ये २५ घर पूर्णरुपमा नष्ट भएको छ। 

अहिले (सवा ४ बजे) पनि आगो नियन्त्रणमा आएको छैन। बाँकी आगोबाट बचेका २ घर बचाउनसमेत समस्या भएको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए। 

विकट बस्ती भएका कारण गाउँमा दमकल जानसमेत समस्या भएको छ। आगो निभाउन सेउला (हरियो रुखका हाँगा) को भर पर्दा गाउँलाई डढेलोबाट बचाउन समस्या भएको छ। 

२५ घर पूर्णरुपमा नष्टभएपछि राहतका लागिसमेत समस्या भएको अध्यक्ष बुढाथोकीले बताए। ‘आगोले गाउँनै सखाप भएको छ। २५ घर जलेपछि अब कसरी राहत दिने भन्ने समस्या भएको छ’, उनले भने, ‘रेडक्रस तथा माथिल्लो निकायमा कुरा भइरहेको छ।’ 

राजपुर गाउँपालिकामा यसअघि पनि डढेलोले विभिन्न गाउँमा क्षति गरेको थियो। यसअघि वडा नम्बर १ मा १ वटा, ४ मा ३ वटा, ५ मा १ वटा, ७ नम्बर वडाकै अर्को गाउँमा ३ वटा घर जलेका थिए। 

प्रकाशित मिति: : 2024-04-28 16:31:00

प्रतिकृया दिनुहोस्