जनमोर्चा सांसद थापाको पुनर्बहालीबिरुद्ध सर्वोच्चमा निवेदन

File Photo
File Photo

राष्ट्रिय जनमोर्चा र प्रदेश सभाले पदमुक्त गरेका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले अन्तरिम आदेशद्वारा पुनर्वहाली गरेपछि पुनरावलोकन मुद्दा परेको छ।

बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख र जनमोर्चाका सांसद पियारी थापालगायतले पुनरावलोकन मुद्दा दर्ता गराएका हुन्। 

अन्तरिम आदेशलाई बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बिएल नेपाली सेवालाई बताएकी छिन्।

सांसद थापाले जनमोर्चाको निर्देशन विपरीत मुख्मयन्त्री गुरुङलाई सहयोग गरेका थिए। त्यसपछि जनमोर्चाले उनलाई कारबाही गरेको थियो।जनमोर्चाको सिफारिशमा प्रदेश सभाले पनि थापालाई पदमुक्त भएको घोषणा गरेको थियो। 

सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो।

प्रकाशित मिति: : 2021-06-09 14:38:00

प्रतिकृया दिनुहोस्