महामारीमा भएका निर्वाचन सत्ताकब्जाको अवसरमा बदलिएका छन्, यसरी सुधाराैँ चुनावी लोकतन्त्र

शिलापत्र

काठमाडौँ

   भाेजराज पाेखरेल

 

नेपालमा चुनावी लोकतन्त्रको अवस्था नाजुक नभए पनि सुधार गर्नुपर्ने धेरै कुरा छन् । निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगको भूमिका बढाउनुपर्ने, निर्वाचनमा सहभागिता बढाउन प्रविधिको प्रयोग, मतपत्रमा 'नो भोट'को व्यवस्था र निर्वाचित प्रतिनिधिले सन्तोषजनक काम नगरेमा फिर्ता बोलाउने 'राइट टू रिकल' अभ्यासलगायतका विषय समावेश गर्दै चुनावी लोकतन्त्रलाई अझै उन्नत बनाउन सकिन्छ ।

हाम्रो मुलुकमा चुनावी लोकतन्त्रको कुरा गर्दा अत्यन्तै कठिन परिस्थितिमा पनि निर्वाचनबाटै सत्ताको हस्तान्तरण भएको अवस्था छ । निर्वाचनले समावेशी समानुपातिक प्रतिनिधित्वलाई अंगीकार गरेको छ भने निर्वाचन परिणाम सर्वस्वीकार्य हुँदै आएको छ ।

मुलुकको शासन निर्वाचित प्रतिनिधित्वबाटै हुनु र निर्वाचनमा भौतिक हिंसा न्यून हुनु नेपालका निर्वाचनका सुखद पक्ष हुन् । तर, निर्वाचित प्रतिनिधिहरूले जनताको स्वार्थभन्दा दलीय र आफ्ना नीहित स्वार्थ अनुसार कार्यसम्पदान गर्दा व्यवस्थाप्रति नै नैराश्यता उत्पन्न भइरहेको अनुभव छ ।

आम जनताको स्वार्थभन्दा दलको स्वार्थ हावी हुँदा लोकतान्त्रिक प्रणालीमा नै प्रश्न उठेको अवस्था छ । दलहरूले आफ्ना घोषणापत्रलाई जनतालाई भुलभुलैयमा राख्नमात्र उपयोग गरे । जनताले पनि त्यस्ता दललाई खबरदारी गर्न चुक्यौँ । निर्वाचन प्रणालीलाई पनि विकृत बनाउने काम दलहरूबाट भयो । समानुपातिक प्रतिनिधित्वमा दलको नेताको नाता पर्ने, निकट भएका मानिसलाई चयन हुने र पैसाको चलेखेल हुँदा संसदमा पनि दुईथरी सांसद भए । सांसदहरूबीच नै भेदभावको परिस्थिति सिर्जना भयो । निर्वाचित निकाय संसद् यही कारणले कमजोर भयो । संसदको सार्वभौम अधिकार दलका केहही नेताले प्रयोग गर्दा संसद भुत्ते भयो ।

प्रकाशित मिति: : 2021-06-05 13:31:00

प्रतिकृया दिनुहोस्