कोरोनालाई लिएर चीन घेर्ने अमेरिकी रणनीति कति सफल होला ?

तस्वीर : एजेन्सी
तस्वीर : एजेन्सी

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चीनविरूद्धको नीतिलाई वर्तमान राष्ट्रपति जो बाइडेनले पछ्याउँलान कि नपछ्याउँलान भन्ने ठूलो बहस थियो।

किनभने कोरोना भाइरस अमेरिकामा फैलिएपछि चुनावको मुखमा ट्रम्पले यसलाई ‘चिनियाँ भाइरस’ नामाकरण गरेका थिए। तर, बाइडेनले ट्रम्पको भनाईलाई हास्यास्पद भन्दै उनलाई सन्की नेताको रूपमा प्रस्तुत गरेका थिए। 
तर, आफू राष्ट्रपति नियुक्त भएपछि बाइडेनले पनि कोरोनाको विषयमा चीनविरूद्ध सशक्त मोर्चाबन्दीमा लाग्ने छाँट देखाएका छन्।



अमेरिकामा एसियाली नागरिकहरुमाथि हुने जातीय घृणा र हिंसा अन्त्य गर्न राष्ट्रपतिले चाले यस्तो कदम

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक गर्ने चलनलाई पुनः स्थापित



यसको पछिल्लो उदाहरण हो, राष्ट्रपति बाइडेनले अमेरिकी जाँच एजेन्सीलाई कोरोना भाइरसको उत्पत्तिलाई लिएर छानवीन गर्ने अधिकारमा छुट दिनु। उनले जाँचको रिपोर्ट ९० दिनभित्र आफूलाई बुझाउन आदेश दिएका छन्। 

ट्रम्प प्रशासनले यसअघि कोरोनाको उत्पत्ति चीनको उहानस्थित ल्याबबाट भएको दावी गरेको थियो। राष्ट्रपति बाइडेनले जाँच एजेन्सीलाई शंकाको सुविधा कसैलाई नदिन तथा उहान ल्याबको जाँच गर्न पनि आदेश दिएका छन्। उनले भाइरस कुनै जनावरबाट फैलिएको हो कि प्रयोगशालाबाट, यसको स्पष्ट जाँच गर्न आदेश दिएका हुन्।



अमेरिकी नागरिकलाई श्रीलंका र जापानको भ्रमण नगर्न सल्लाह

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु



बाइडेनको यो आदेशपछि अमेरिका र चीनबीचको सम्बन्ध पुनः खराब अवस्थामा फर्किने सम्भावना बढेर गएको छ। बाइडेनले अन्तर्राष्ट्रिय संस्थासँग पनि अमेरिकी जाँचमा सहयोग गर्न अपील गरेका छन्। उनले भनेका छन्, ‘अमेरिकाले विश्वभरिका ती देशसँग सहयोग जारी राख्ने छ, जो भाइरसको जाँच गर्न चाहन्छ। यसले चीनलाई पारदर्शी बनाउन र अन्तर्राष्ट्रिय जाँचमा सहभागी हुन दबाब बनाउने छ।’

अमेरिकी संक्रमक रोग विशेषज्ञ डा. एन्थनी फाउसीले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग कोरोनाको उत्पत्तिलाई लिएर जाँच अगाडी बढाउन माग राखेका थिए। 
अमेरिकी दबाबपछि चीन अन्तर्राष्ट्रिय मञ्चमा एक्लो पर्ने सम्भावनालाई नकार्न सकिन्न्। अस्ट्रेलियाका एक विज्ञले केही समयअघि एउटा बयान दिएर सनसनी मच्चाएका थिए। उनले सन् २०१५ देखि नै चीनले जैविका हतियार बनाउने अभियानको सुरुवात गरिसकेको र यसमा चीनको आर्मी पनि सलंग्न रहेको बताएका थिए। उनले गल्तीले प्रयोगशालाबाट भाइरसको चुहावट भएको आशंका गरेका थिए।

अस्ट्रेलियाली विज्ञको कथनपछि अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’ ले सोमबार एउटा रिपोर्ट प्रकासित गर्दै भनेको थियो, ‘चीनले भाइरसको जुन थ्योरी बताएको छ, यसले झन् शंका उब्जिएको छ। किनभने २०१९ को नोभेम्बरमा उहान ल्याबमा तीन वैज्ञानिकमा कोरोनाको लक्षण देखिएको थियो र उनीहरूलाई अस्पतालमा भर्ना गराउनु परेको थियो।’

पूर्वराष्ट्रपति ट्रम्पले डब्ल्यूएचओलाई यसअघि चीनको कठपुतली भएको दावी गरेका थिए। उनले कोरोना भाइरस चीनले उत्पादन गरेको तथा उसैले फैलाएको भन्दै अमेरिकी एजेन्सीसँग यसको ठोस प्रमाण रहेको दावी गरेका थिए।

चुनावको बेलामा ट्रम्पले भनेको यो कुरा उनको पराजयसँगै केही समयका लागि ओझलमा परेको थियो। तर, बाइडेनले पनि भाइरस उत्पत्तिको विषय छानवीन हुने बताएपछि डब्ल्यूएचओ थप समस्यामा पर्ने देखिन्छ। किनभने उसले ठोस छानवीन बिना चीनलाई ‘क्लिन चिट’ दिएको आरोप छ। 

प्रकाशित मिति: : 2021-05-27 14:54:00

प्रतिकृया दिनुहोस्