अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीको समयमा एसियाली अमेरिकी नागरिकहरुमाथि भएको जातीय घृणा र हिंसाका क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्न कदम चालेका छन्।
उनले यससँग सम्बन्धित एक विधेयकमा हस्ताक्षर गरेका हुन्। अब कानूनको निर्माण भएपछि राज्य र स्थानीयस्तरबाटै त्यस्ता अपराधहरुको नियन्त्रण गर्न सकिने छ। जसको लागि प्रतिनिधिसभामा विधेयक पारित भएको थियो र सिनेटले पनि मन्जुरी दिएको थियो।
राष्ट्रपति बाइडेनको हस्ताक्षरसहित कानून बनेपछि उनले अमेरिकी नागरिकहरुलाई आफ्नो मन र मस्तिष्कमा परिवर्तन ल्याउनसमेत आग्रह गरेका छन्।
उनले भने, 'अब अमेरिकामा जातीय घृणाको लागि कुनै स्थान छैन र यसलाई शून्य सहनशीलताको रुपमा लिइने छ।'