अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक गर्ने चलनलाई पुनः स्थापित

GETTY IMAGES

अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडेनले पुनः शुरू गरेका छन्। 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि अमेरिकी परम्परालाई तोडेको भन्दै ट्रम्पका आलोचकहरूले उनको विरोध गरेका थिए। 

राष्ट्रपति बाइडेनले गत वर्षको डेढ लाख अमेरिकी डलर आयकर तिर्दै करसम्बन्धी परम्परालाई ब्युत्याएका हुन्।

गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र यस बापत उनीहरूले एक लाख ५७ हजार ४१४ डलर कर तिरेको जनाइएको छ।

बाइडेनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ। सन् २०१९ मा भने उनीहरुको आय ९ लाख ८५ हजार २२३ रहेको पनि विवरणमा उल्लेख छ।

त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहोफको पनि आफ्नो आयकर चुक्ता गरेका छन्। सन् २०२० मा १६ लाख ९५ हजार २२५ डलर आय भएको र त्यसबापत छ लाख २१ हजार ८९३ डलर कर तिरेको विवरणमा जनाइएको छ।
 

प्रकाशित मिति: : 2021-05-19 06:02:00

प्रतिकृया दिनुहोस्