
बिएल संवाददाता
अमेरिकी सरकारले आफ्नो नागरिकलाई जापान र श्रीलंकाको भ्रमण गर्दा अतिरिक्त सावधानी अपनाउन सल्लाह दिएको छ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिवेन्सन (सीडीसी) ले हालै यी दुई देशको भ्रमण नगर्न सल्लाह दिएको हो। उसले यी दुई देशको भ्रमण गर्ने परेको खण्डमा अतिरिक्त सावधानी अपनाउन सुझाव दिएको छ। सीडीसीले यी देशको भ्रमण गर्नुअघि खोप अनिवार्य लगाउन भनेको छ।
विश्वमा हालसम्म कोरोना महामारीका कारण १६ करोड ७९ लाख मानिस संक्रमित भइसकेका छन्, जसमा ३४ लाख ८६ हजारको निधन भइसकेको छ र हाल ९७ हजार ६ सय ११ जनाको अवस्था गम्भीर भएको विश्व स्वास्थ्य संगठनले बताएको छ।
जापान सरकारले खोप लगाउने कार्यलाई तिब्रता दिएपनि पछिल्लो समय २७ सयको हाराहारीमा कोरोनाको नयाँ संक्रमित देखिएका छन्।
दैनिक यहाँ ८६ जनाको निधन भइरहेको छ। यस्तै, श्रीलंकामा पनि २९ सयको हाराहारीमा नयाँ संक्रमित देखिन थालेका छन्। यहाँ दैनिक ३३ जनाको निधन भइरहेको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया