
बिएल संवाददाता
अमेरिकामा एक कामदारले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ।
क्यालिफोर्नियास्थित रेल यातायातमा कार्यरत कामदारले गोली चलएपछि आठ जनाले ज्यान गुमाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
मृत्यु हुनेमा रेलका कर्मचारी पनि मारिएको अधिकारीहरुले बताएका छन्। रेल कर्मचारीहरुको बैठकमा बन्दुकधारीले गाली चलाएको थियो।
सान होजेको भ्याली ट्रान्सपोर्टेशन अथोरिटीमा कार्यरत साम क्यासिडी (५७)ले एक्कासी अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्सीले बताएका छन्।
तत्कालै प्रहरी त्यहाँ पुग्दा पनि गोली चलिरहेको अधिकारीहरुको भनाइ छ। क्यासिडीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी छेउछाउमा पुगेपछि आफैलाई गोली हानी आत्महत्या गरेका छन्।
घटनामा केही घाइते भएका व्यक्ति र उनीहरुको क्यालिफोर्नियाको अस्पतालमा उपचार भइरहेको छ। यसबारेमा अनुसन्धान भइरहेको बताउदैं अमेरिकी सुरक्षा निकायले ठूलो अपराधी समूह हुनसक्ने अनुमान गरेको छ। ‘गन भ्वाइलेन्स अर्काइभ’का अनुसार यो वर्ष अमेरिकामा मास सुटिङको २३० घटना भइसकेको छ।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया