सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमालेको निर्णय

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारलाई दिएको फिर्ता नलिने निर्णय गरेको छ।

प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले तत्काललाई सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको हो।

यसअघि बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन र मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो।

कोभिड–१९ महामारीलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने निर्णय गरिएको एक सांसदले जानकारी दिए।

स्थायी कमिटीलाई चुनौती दिंदै समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारको संकट टरेको छ।

प्रकाशित मिति: : 2021-05-26 13:42:00

प्रतिकृया दिनुहोस्