पूर्व सभामुखहरूले प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका छन्।
मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनमा नयाँ बानेश्वरमा बोलाएको बैठकमा पूर्व सभामुखहरुले यस्तो निष्कर्ष निकालेका हुन्।
बैठकमा सहभागी पूर्वसभामुखहरु संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको ठहर गरेका छन्।
छलफलमा सहभागी पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको पूर्व सभामुख ओनसरी घर्तीले जानकारी गराइन्।
परामर्श बैठकमा पूर्वसभामुख रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, अनसरी घर्तीलगायत सहभागी भएका थिए।