आमाको नागरिकताबाट सन्तानलाई जन्मसिद्ध नागरिकता दिने निर्णय

File Photo
File Photo

मन्त्रिपरिषद् बैठकले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ।

नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेकाे अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय मन्त्रिपरिषद् बैठकले गराएका हुन्। 

आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठक आमाको नेपाली नागारिकता भएका सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका एक मन्त्रीले जनाएका छन्।

संविधानमा जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपाली भए वंशजको नागरिकता पाउने उल्लेख छ।

प्रकाशित मिति: : 2021-05-20 20:36:00

प्रतिकृया दिनुहोस्