निषेधाज्ञा ७३ जिल्लामा विस्तार

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ।

उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वीरुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको समाचार आजको गोरखापत्र दैनिकमा छ। 

कोरोना सङ्क्रमण नियन्त्रणको महìवपूर्ण विकल्प निषेधाज्ञा नै भएकाले मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको बताए।

प्रकाशित मिति: : 2021-05-14 06:31:00

प्रतिकृया दिनुहोस्