तत्कालका लागि राजीनामा टरेको छः माधव नेपाल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेको 'समानान्तर समूह'का सांसदहरुले प्रतिनिधिसभा सदस्य पदबाट दिने भनिएको राजीनामा टरेको बताएका छन्।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीपछि उनले सो प्रतिक्रिया दिएका हुन्।

 नेपालले भने, ‘राजीनामा दिने कुरा भएन, मिल्ने आधारमा कुरा भएको छ। सबै कुरा सहमतिको आधारमा अघि बढ्छ।’

बैठक फेरि बस्ने सहमति भएको उनले बताए । तत्काल राजीनामा दिने कुरा भएन, उनले भने।

नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्तालाई चासोका साथ हेरिएको छ। 

प्रकाशित मिति: : 2021-05-13 18:18:00

प्रतिकृया दिनुहोस्