गण्डकी मुख्यमन्त्रीमा पुनः नियुक्त भएका गुरुङले लिए सपथ

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन्।

प्रदेश प्रमुख सीता पौडेलले आज (बुधबार) साँझ गुरुङलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। 

प्रदेश प्रमुख पौडेलले संविधानकाे १६८ (३) अनुरुप संसदमा ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

मुख्यमन्त्रीमा पुनः नियुक्त भएका गुरुङले पद तथा गोपनीयताको शपथसमेथ लिइसकेका छन्। 

गुरुङले प्रदेश प्रमुख पौडेलबाट आजै शपथ लिएका हुन्।

यसअघि कांग्रेससहित ४ दलको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए। 

प्रकाशित मिति: : 2021-05-12 18:02:00

प्रतिकृया दिनुहोस्