कर्णालीका मुख्यमन्त्री शाहीद्वारा मन्त्रिमण्डल पुनर्गठन

माओवादीका दुई मन्त्री हटे, तीन थपिए

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। 

मुख्यमन्त्री शाहीले रुकुम–पश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र प्रमुख सचेतक सीता नेपालीलाई मन्त्री नियुक्त गरेका हुन्।

उनले आफ्नै दल माओवादी केन्द्रका दुई जना मन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाएका हुन्। आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई राजीनामा गराएका थिए।

भाैतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर जलस्राेत मन्त्रालय बनाइएको छ।


 

प्रकाशित मिति: : 2021-05-12 14:43:00

प्रतिकृया दिनुहोस्