संसद अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस 

मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकाे छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

संसद अधिवेशन आजै राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न  मन्त्रिपरिषदले सिफारिस गरेको हो।

संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको विशेष अधिवेशन बोलाएकी थिइन्।

अहिले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शिलत निवास पुगेका छन्।

प्रकाशित मिति: : 2021-05-10 19:36:00

प्रतिकृया दिनुहोस्