ओलीलाई प्रचण्डले भने- तपाईंलाई हाम्रो पार्टीले विश्वासको मत दिन सक्दैन

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका गतिविधि हेर्दा आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'सरकारको तर्फबाट प्रधानमन्त्रीले विश्वासको मतको लागि आग्रह गर्नु भयो यो कुरा उहाँलाई राम्रोसँग थाहा छ, विश्वासको मत पाउँदिन भन्ने।'

उनले भने, 'तपाईंको नेतृत्वको सरकारका गतिविधि हेर्दा हाम्रो पार्टीले विश्वासको मत दिन सक्दैन।'

'प्रनिनिधिसभा पुनःस्थापना पछि राजीनामा दिन भनेका थियौँ। त्यसलै अहिले पनि राजीनामा दिएर नयाँ सरकार बनाउनेतर्फ ध्यान दिन अनुरोध गर्छु', उनले भने।

प्रकाशित मिति: : 2021-05-10 15:18:00

प्रतिकृया दिनुहोस्