रविमाथि छानबिनको माग गर्दै संसदमा काँग्रेसको नाराबाजी

File Photo
File Photo

संसदमा काँग्रेसले नाराबाजी गरेको छ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएपछि उनीमाथि छानबिन गर्नुपर्ने माग गर्दै नाराबाजी गरेको हो। 

काँग्रेसले रविमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आइरहेको छ। तर सरकारले संसदीय समिति गठन गर्नुनपर्ने अडान लिइरहेको छ। 

काँग्रेसको संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान र सरकारले गठन गर्नु नपर्ने अडानले गर्दा संसद बन्दक बनेको छ। 

 

प्रकाशित मिति: : 2024-05-10 16:22:00

प्रतिकृया दिनुहोस्