नेपालगञ्जका उपप्रमुख जसपा नेपालमै रहने

नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दीन राई जनता समाजवादी पार्टी (जसपा)नेपालमै रहने भएका छन्।

जसपा नेपाल बाँकेका अध्यक्षसमेत रहेका उपप्रमुख राईद्वारा जारी विज्ञप्तिमा आफू पार्टी विभाजनको पक्षमा नजाने भन्दै पार्टीमै निरन्तर रहने जानकारी गराएका हुन्।

केही दिनअघि पार्टी विभाजनपछि बाँकेबाट महामन्त्रीमा मो.इस्तियाक राई चयन भएका थिए।

प्रकाशित मिति: : 2024-05-11 10:25:00

प्रतिकृया दिनुहोस्