ईश्वरको आत्मकथा

भाइसर र बैक्टीरियालाई तपाईं आफ्नो शत्रु नमान्नुहोस।

उसले तपाईंको कोशिकालाई तपाईं भन्दा बढी जान्दछ। कोशिका पनि बैक्टीरियासँग तालमेल बनाएर रहन जान्दछ। अब तपाईं आफ्नो मनलाई भन्नुहोस्- "डर र घृणाको बदला सदभाव र साहचर्यमा ध्यान दिनुपर्छ।"

मनको चलखेलले नै यी सबै जीव र सूक्ष्म जीवहरूलाई तपाईंका विरोधी बनाई दिएका छन। समय आई पुगेको छ- अब तपाई आफ्नो मनलाई खबरदारी गर्नुहोस कि यो धर्ती जति तपाईंको हो, उति नै तमाम अदृश्य सूक्ष्म जीवहरू र सूक्ष्म झारपातहरूको पनि हो।

तपाईंको शरीर पनि आफैंमा एउटा ब्रह्माण्ड हो, जसमा सारा जीव र पदार्थहरू सहज प्रकारले सन्तुलन बनाएर बसेका हुन्छन्।



लकडाउनको सार्थकता

लकडाउनको सान्दर्भिकता



यो तालमेल अनेक प्रकारका सूक्ष्म कणहरू र सूक्ष्म जीवहरूको अथक प्रयासको परिणाम हो। तपाईंको मस्तिष्क यो तालमेलको सहज संचालक हो। तपाईंको मन धेरै मस्तिष्कहरूको एउटा अचम्मको तंत्र हो, जो तपाईंका निमित्त सूचना, विचार र कल्पनाहरू संकलन गरेर पठाई दिन्छ।

यदि तपाईंको मन तपाईंका मस्तिष्कमा लगातार आवश्यकताभन्दा बढी सूचनाहरू दिईरहेको छ भने तपाईंको मस्तिष्कले आफैंलाई सहज संचालन गर्ने क्षमता गुमाउँछ। यस्तो स्थितिमा तपाईंको मनमा अनगन्ती सूचनाहरू, विचार र कल्पनाहरू भरिन्छन्। अनि तपाईंको मस्तिष्कले ती सूचनाहरूको 'प्रोसेसिंग' गर्न सक्तैन र 'ह्यांग' हुन जान्छ।

यस अवस्थामा तपाईंको शरीरमा व्याप्त कोशिकाहरू, सूक्ष्म जीवहरू र पदार्थहरूको सहज सन्तुलन बिग्रिन्छ। केही घटकहरू निष्क्रिय हुन पुग्नेछन भने केही अति सक्रिय हुन जान्छन र तपाईंको शारिरीक जगत असन्तुलित बन्दछ।

यसरी तपाईंको मन तपाईंकै शरीरको दुश्मन बन्दछ। किनकि उसको आशक्ति आफ्नो कल्पना र विचारहरू साकार गर्ने कुरामा निहित हुन्छ र तपाईंको शरीरको स्वभाविक अवस्था व्यवस्थापन हुन सक्तैन।



स्थायी समाधान  

सन्दर्भ संस्कृति र हामी



धर्म ,राष्ट्र, जाति, अर्थव्यवस्था, सभ्यता आदि तपाईंका मनका बेग्लाबेग्लै धाराहरू हुन, जो कुनै न कुनै तरीकाले तपाईंको मस्तिष्कलाई 'ह्याक' गर्नका निमित्त जुटेका हुन्छन्। यिनीहरूलाई तपाईंको शरीर अथवा अन्य कुनै जीवहरूको अस्तित्वको कुनै सरोकार हुँदैन।

यी मस्तिष्किय तंत्रहरू तपाईं र अन्य जीवहरूलाई केवल आफ्ना काल्पनिक आदर्शहरू लक्ष्यपूर्तिका साधन मात्र बनाउँछन। आफ्नो मनको वास्तविकता तपाईं त्यसबेला बुझ्न सक्नुहुन्छ, जब तपाईं कुनै पनि समूह अथवा सामुहिक चेतनाबाट तटस्थ रहेर आफ्नो मस्तिष्कसँग संपर्क बहाल गर्नुहुन्छ।

आज एउटा अदृश्य सूक्ष्म जीव जसलाई 'कोरोना' नाम दिइएको छ, यसको माध्यमबाट तपाईंलाई सामूहिकता अथवा मस्तिष्किय तंत्रबाट अलग्गै रहेर ढुक्कसँग बस्ने अवसर मिलेको छ। यो मौकाको फाइदा उठाउनु होस्। बिरामी, हैंजा, महामारी अथवा महाविनाश जस्ता शब्द र विचारहरूमा एकोहोरिनुभन्दा आफ्नै मस्तिष्कको संपर्कमा रहिरहनु वेश हुनेछ।

मस्तिष्कले नै तपाईंलाई तपाईं कै शरीरमा रहेका कोशिकाहरू, सूक्ष्म जीवहरू र सूक्ष्म कणहरूको संसारमा लिएर जान्छ। त्यहाँ पुगेर नै तपाईं आफ्नो, सृष्टिको, प्रकृतिको र आफ्नो वास्तविक स्वरूप देख्न र स्मरण गर्न सक्नु हुन्छ।



गर्व र चिन्ताको बीचमा भारतमा बसोबास गर्ने नेपाली भाषी  

निर्मम हत्या भइरहेको थियो 



त्यसबेला तपाईं बुझ्न पाउनुहुन्छ कि जुन सूक्ष्म जीवलाई आज तपाईं मानवताको घोर शत्रु अथवा संकट मानीरहनु भएको छ, त्यो लाखौं वर्ष पूर्वदेखि तपाईंका छेउछाउ नै थियोे।

तपाईंका सहज भावहरूलाई मनका बोझले दबाइ दिएको थियोे। यसकारण तपाईंको अनि सूक्ष्म जीवहरूको माझमा स्पन्दनका रूपमा हुनेवाला सहज संवाद रोकिएको हुन्छ। त्यो सहज संवादलाई पुन एकचोटि बाटोमा ल्याउनुहोस् र बातचित आरम्भ हुने बित्तिकै कोरोना तपाईंलाई एउटा सुन्दर जीवका रूपमा देखिन्छ।

अनि आफ्नो मनलाई स्पष्ट रूपमा भनिदिनु होस् कि मान्छे मात्र यो सुन्दर धर्तीकाे तानाशाह होइन, बरू जीवनको एउटा सूक्ष्म अंश मात्र हो।

जबसम्म तपाईं सूक्ष्मतालाई अनुभव गर्नुहुन्न, तबसम्म तपाईं आफ्नो विराट ईश्वरीय स्वरूपको अनुभूति पनि गर्न सक्नुहुन्न।

(ईश्वरको आत्मकथाबाट साभार)



विकराल-कहर हुँ म

कुचो म लगाई हाल्छुनि बाबु!

प्रकाशित मिति: : 2021-05-06 07:33:00

प्रतिकृया दिनुहोस्