मुक्ति गौतम
राजा दशरथका छोरा राजकुमार राम चौध वर्षको लकडाउनमा (वनवास) बसेर मर्यादा पुरुषोत्तम भगवान श्रीराम बनेर अयोध्या फर्केका थिए।
जनक दुहिता राजकुमारी सीता रामसँगै लकडाउन सकेर अग्निपरीक्षालाई पराजित गरेपछि पुनः वनदेवीका रुपमा आजीवन वाल्मीकि आश्रममा कठोर लकडाउन गरेर लव-कुश जस्ता परम प्रतापी बालक जन्माएकी थिइन्।
पाण्डवहरूले बाह्रवर्ष वनवास र एकवर्ष गुप्तवासको लकडाउन पुरा गरेर महाभारत युद्ध जितेका थिए। आफ्नै पत्नीद्वारा घरबाट निष्कासित गरिएका विश्वका महामुर्ख पंडित गुरु आश्रममा कठोर लकडाउन पालन गरेर विश्वका अद्वितीय संस्कृत महाकवि कालिदास बनेका थिए।
महाराज शुद्धोधनका छोरा राजकुमार सिद्धार्थ राजमहलको वैभव र पत्नी खुख त्यागी आजीवन वन-उपवनमा लकडाउन गरेर विश्वशान्तिका अग्रदूत महात्मा बुद्ध बनेर निर्वाण प्राप्त गरेका थिए।
अहिंसाका शिखर मोहनदास करमचन्द गाँधीले असहयोग आन्दोलनको कठोर लकडाउन (सत्याग्रह) गरेर विश्व विजेता अंग्रेजलाई भारतबाट धपाएका थिए।
भानुभक्त आचार्यले कुमारीचोकको थुनाभित्र लकडाउन गरेर नै नेपाली रामायण रचना गरेका थिए।
यस्ता अनन्त उदाहरण हामी पाउँछौं। यसरी नै हाम्रा रीतिरिवाज मध्य अन्त्येष्ठि क्रियामा छोराछोरीलाई तेह्रदिने लकडाउन, दाजुभाइलाई दशदिने लकडाउन, छोरीचेलीलाई पाँचदिने लकडाउन, मलामीलाई एकदिने लकडाउन। यसैगरी प्रसुति महिलालाई बाईसदिने लकडाउन, महिलाहरूको मासिक धर्ममा पाँचदिने लकडाउन आदि-आदि।
यसरी नै उहिले ऋषिमुनीहरुले तपस्या(लकडाउन) गरेर सिद्धि प्राप्त गर्थे भन्ने कुरा हामी शास्त्र पुराणमा पाउँछौं।
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया