
विक्रमवीर थापा
भारतले अहिले आफूलाई निरुपाय, असाहय अनुभव गरिरहेको छ। सरकार पनि कोभिड-१९ को अगाडि विवश भएको छ।
विवश भारतलाई सहयोग गर्न विश्वका धेरै देशहरू अगाडि आउँदैछन्। यहाँसम्म कि हिजोसम्म शत्रुताको राग अलाप्ने पाकिस्तान, चीनले पनि सहयोगको राग अलाप्दैछन्।
अहिले भारतमा कोभिड-१९ काे कारण मर्ने मानिसहरूको मृत्यु दर निरन्तर बढिरहेको छ। मृतकका परिवारहरूका आँसुले रोकिने नाम लिएका छैनन्। यस्तो स्थितिमा आफूले केके लेख लेख्नू? लेखिन भने पनि उनीहरूका आँसुलाई मैले नबुझेकाे ठहरिन्छ।
कुनै परिवारका आँखाबाट आँसु खस्ने स्थिति नआओस्। कोभिड -१९ले गर्दा मृतक भएका परिवारहरू रोएको देख्दा मेरो मन अत्यधिक रोएको थियो।
यसैकारण म यो लेखमा यही नै लेख्छु, कोभिड-१९ बाट जोगिन तपाई हामीले माक्स लगाउने गरौँ। सोसियल डिस्टेन्सको पालन गरौँ । परिस्थिति यस्तो आउँदैछ कि, घरभित्र पनि आफ्नै परिवारको माझमा माक्स लगाउनुपर्ने।
भोलि के हुने हो, कसैले भन्न सक्दैन। तर आशावादी बनौँ- कोभिडलाई हामीले पराजित गर्नेछौँ। पराजित गर्नसके फेरिफेरि लेखहरू धेरै लेखिनेछन्। यही कामना गर्छु। स्थित सामान्य होस्। कसैको आँखाबाट आँसु नखसून्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया