विक्रमवीर थापा
भारतले अहिले आफूलाई निरुपाय, असाहय अनुभव गरिरहेको छ। सरकार पनि कोभिड-१९ को अगाडि विवश भएको छ।
विवश भारतलाई सहयोग गर्न विश्वका धेरै देशहरू अगाडि आउँदैछन्। यहाँसम्म कि हिजोसम्म शत्रुताको राग अलाप्ने पाकिस्तान, चीनले पनि सहयोगको राग अलाप्दैछन्।
अहिले भारतमा कोभिड-१९ काे कारण मर्ने मानिसहरूको मृत्यु दर निरन्तर बढिरहेको छ। मृतकका परिवारहरूका आँसुले रोकिने नाम लिएका छैनन्। यस्तो स्थितिमा आफूले केके लेख लेख्नू? लेखिन भने पनि उनीहरूका आँसुलाई मैले नबुझेकाे ठहरिन्छ।
कुनै परिवारका आँखाबाट आँसु खस्ने स्थिति नआओस्। कोभिड -१९ले गर्दा मृतक भएका परिवारहरू रोएको देख्दा मेरो मन अत्यधिक रोएको थियो।
यसैकारण म यो लेखमा यही नै लेख्छु, कोभिड-१९ बाट जोगिन तपाई हामीले माक्स लगाउने गरौँ। सोसियल डिस्टेन्सको पालन गरौँ । परिस्थिति यस्तो आउँदैछ कि, घरभित्र पनि आफ्नै परिवारको माझमा माक्स लगाउनुपर्ने।
भोलि के हुने हो, कसैले भन्न सक्दैन। तर आशावादी बनौँ- कोभिडलाई हामीले पराजित गर्नेछौँ। पराजित गर्नसके फेरिफेरि लेखहरू धेरै लेखिनेछन्। यही कामना गर्छु। स्थित सामान्य होस्। कसैको आँखाबाट आँसु नखसून्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया