मुक्ति गौतम
विश्वकर्मा पूजा सकिएको भोलिपल्ट
लावा लस्करका साथमा शंख र घण्टा बजाउँदै
जय जयकारको चर्को नारा लगाउँदै
केरा र बाँसमा तोरण सजाई
नदी किनारमा अफालिएको
खण्डित माटोको मूर्ति हुँ म ।
घाम-पानी चिसो-तातो हुरी-बताससँग
लाप्पाखेल्दै कठोर साधनाबाट
पीताम्बरी रंगमा लपेटिएर पाकेको
अमृत भन्दा स्वादिलो मह भन्दा गुलियो
चुसेर मिल्काई दिएको आँपको कोयो हुँ म ।
हिमाल भन्दा अग्ला सिर्जनाका सपनाहरू
आशा र भरोसिला विश्रामका विपनाहरू
गलहत्याई चकनाचुर पारीदिने
आफ्नै रगतका डल्लाहरूले घोचेर
थिल्थिलो पारिएको
निराशाका झ्यालखानाभित्र निसास्सिएको
जीर्ण जीवन बिताउने नरकंकाल हुँ म ।
छातीभरी स्वार्थका चट्टानहरू बोकेको
डबलगेम खेल्ने राजनयिक चतुरेको गलाबाट निकाली
धुपौरेका खस्रा हातले हुत्याइ दिएपछि
अंध भीडहरूले कुल्चिएर चट्याङ चुटुंग पारेर
चुँडाइएको फूलको माला हुँ म
हृदय विहीन नरपिशाचका कामुक दाह्रा र नंग्रामा
च्यापिएर छटपटाई रहेकी विवश अबलाको
क्षत विक्षत गर्भाशयमा प्रतिशोधको हुंकार बोकेर
बिस्फोट हुन लागेको अदृश्य रजकणहरूबाट
बनेको विकराल-कहर हुँ म ।
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया