मुक्ति गौतम
राजेशले मिनुलाई बिहे गरेर ल्याएको पाँच महीना बितिसक्दा पनि मिनुले वरको सिन्को पर सारेकै थिएन। बिहान आठ बजेतिर राजेशकी आमाले बनाएको 'बेड-टी' पिएपछि ब्रस, ट्वाइलेट र ब्रेक फास्ट अनि एक घण्टासम्म फेसबुकका अपडेटहरू हेरेर बिहान बिताउने 'डेली-रूटिन्' थियो मिनुको ।
बिहानको ब्रह्ममुहुर्तमा उठेर घर कसिंगर, न्वाई ध्वाई, पूजापाठ, चौका चूला आदि नित्यकर्म थियो-राजेशकी आमाको ।
श्रीमतीको डेली रूटिन र आमाको नित्यकर्म देखेर तनावको भारी बोकेर लगभग सय चोटी भित्रबाहिर ओहोर र दोहोरको योगा क्लास थियो राजेशको।
आज आमाछोरा मिलेर घरेलु कार्यहरूमा दर्जा अनुसारका कामको बाँडफाँडमा केही संशोधन गर्ने नयाँ फर्मुला तयार पारेका थिए।
मिना सुतीरहेकी थिई। ऊ सुतेको पलङ वरीपरी आमा कुचो लगाउँदै थिइन्। एक्कासी राजेशले आमाका हातको कुचो खोस्दै भन्यो, 'आमा! हामी छोरा बुहारी भने आठ बजेसम्म सुतिरहने। बुढेसकालमा हजुर कुचो लगाईरहने। निहुँरेर कुचो लगाउँदा हजुरको ढाड कति दुख्यो होला। आमा हजुर आराम गर्नुहोस्। कुचो म लगाउँछु नि आमा।’
'तँ केटो मान्छे! कसरी लगाउँछस् कुचो? घरभित्र बाहिरको सरसफाइ गर्ने, भात पकाउने, चामल केलाउने जस्ता सजिलन काम त महिलाहरूले गर्ने र रूपैया पैसा कमाउने, हलो जोत्ने, व्यापार गर्ने, ऋण धन बेहोर्ने जस्ता अप्ठ्यारा कामहरू तिमी लोग्ने मान्छेहरूले पो गर्ने हुन त। तर हिजोआज त महिला दमनको आडमा मान्छेले आफ्नो उत्तरदायित्व बिर्सेका छन्। अझैसम्म त मेरा हातगोडा चलिरहेका छन्। सक्दो काम गरिनँ भने त मेरो जिउ करकरी खान्छ बाबु। तिमीहरू त अचेल योगा भन्छौं। मलाई त यी मसिना कामहरूले नै योगा गरे जत्तिकै छ। म आफैं कुचो लगाईहाल्छु नि बाबु,’ आमाले कुचो पटक्कै दिइनन्।
आमाछोरा माझ धेरै बेरसम्म कुचो खोसाखोस चल्दै थियो। एक्कासी मिनु बिस्ताराबाट जुरूक्क उठेर भनिन्, 'आमासँग किन झगडा गर्नुहुन्छ हजुर! आमाले अह्राएको कुरा त छोराले मान्नु पो पर्छ त। बाबु आमाको आज्ञा मान्ने छोराको कर्तव्य पनि हो। किन आमासँग मुखमुखै लाग्नुहुन्छ? ठिकै छ त आज आमालाई कुचो लगाउन दिनुहोस्। भोलि तपाईँले लगाउनू। एकदिन आमा एकदिन छोरा रूटिन मिलाए भएन र?,' यति भनेर मिनु बिस्तरामा घुप्लुक्क सुतिन्।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया