'समृद्ध नेपाल सुखी नेपाली' बनाउन प्राविधिक शिक्षाको विस्तार अनिवार्य: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल सुखी नेपाली' को राष्ट्रिय संकल्प तीव्र गतिका साथ पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्द्धन तथा विस्तार अनिवार्य भएको बताएका छन्।

कोरियाली सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको भर्चुअल माध्यमबाट समुदघाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

प्रतिष्ठानको २९ सौं वार्षिकोत्सवका अवसरसमेत पारेर आयोजित उक्त समारोहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास, बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले  भवनको रिवन काट्दै शीला स्तम्भ अनावरणसमेत गरे।

उद्घाटनपछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नागरिकलाई जीवन उपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागिपरेको समेत बताए।

शिक्षा प्राप्त गरेका हरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफैँ समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढंगले योगदान पुर्याकउने प्राविधिक शिक्षाको प्रवर्द्धनमा देश लागि रहेको उनले बताए।

कोभिड–१९ को महामारीले गर्दा भौतिक रुपमा उद्घाटन गर्न सक्नुसमेत प्राविधिक शिक्षाको सफलताको सूचक भएको धारणा पनि प्रधानमन्त्रीको थियो।

प्रतिष्ठानले विगत दुई दशकभन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक  तलिम दिँदै आएको छ। हालसम्म ३३ हजार भन्दा बढी व्यक्तिहरुले प्रतिष्ठानमार्फत व्यावसायिक तालिम पाइसकेका छन्।

कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को अनुदान सहयोगमा उक्त भवन निर्माण गरिएको हो।

कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायताअन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि  गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देश्य प्रतिष्ठानको छ।

नवनिर्मित भवनमा इपुस्तकालयसमेत को व्यवस्था छ। ई–पुस्तकालयअन्तर्गत पुस्तकालय प्रवर्द्धन प्रणालीमार्फत् प्रयोगकर्ताहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको  छ।



प्रधानमन्त्री ओलीले रुसी राजदूतलाई भने- 'नेपालले किनेको कोरोना खोप तत्काल उपलब्ध गराइयोस्' 

प्रकाशित मिति: : 2021-04-30 15:47:00

प्रतिकृया दिनुहोस्