वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारकाे निर्णय 

File photo
File photo

सरकारले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने र अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। 

यसैगरी यातायातसिहतका सार्वजनिक स्थानमा मापदण्ड तोकेर सञ्चालन गर्न लगाउने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: : 2021-04-19 10:48:00

प्रतिकृया दिनुहोस्