म्यान्मारमा भइरहेको नरसंहारविरूद्ध नेपालले पनि बोल्नुपर्छ: महामुनिश्वर आचार्य (भिडियोसहित)

जीवन डाँगी

काठमाडाैं

म्यान्मार (बर्मा)को इतिहासलाई हेर्दा त्यहाँको राजनीति कहिल्यै स्थिर रहेन। ठूल्ठूला युद्ध, गृहयुद्ध र वाह्य सैनिक हस्तक्षेपहरुले सधैँ राजनीतिक अवस्थामा परिवर्तन आइरह्यो।  

बर्मासँग नेपालको सम्बन्ध पनि पुरानै हो। सयौँ वर्षपहिलेदेखि बर्मा जाने गर्थे– नेपाली । धेरै नेपाली बर्मामै बसाइँसराइ गरेर गएको पाइन्छ। कतिपय त्यहाँबाट पुन: नेपाल फर्केका पनि छन्– यतै बस्ने गरी । जसलाई नेपालमा 'बर्मिज' भनेर चिनिन्छ। 

सेनाले सत्ता कब्जा गरेपछि विश्वको ध्यान म्यान्मारतर्फ  खिचिएकाे छ । 

गत माघ १९ देखि म्यान्मारमा अशान्ति र त्राश बाहेक केही छैन। सेनाले ‘कू’मार्फत् सत्ता हत्याएपछि बर्मेली दिनहुँ प्रदर्शनमा जुटेका छन् भने सुरक्षाफौज भने क्रूर दमन गरिरहेको छ।

‘जुन्ता’ सरकारले चलाएको नरसंहारमा अहिलेसम्म सात सयभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्, जसमा बालबालिका र सर्वसाधारणसमेत छन्।

गल्ली–गल्ली र टोल–टोलमा प्रजातन्त्र पक्षधरहरु गोली लागेर ढलिरहँदासमेत जनप्रदर्शनमा सहभागीको संख्यामा कमी आएको छैन। स्वतन्त्रताका लागि आन्दोलित नागरिकप्रति सेना झनै आक्रोशित देखिँदै छ।

सरकारी सुरक्षाकर्मीले आन्दोलनकारीको  छायाँसँग समेत आतङ्कित बन्न थालेको छ। जथाभावी गोली बर्साइरहेको छ।

सैन्य जुन्ताको पछिल्लो रबैयाबाट आमनागरिक आक्रान्त र भयभित छन्। उनीहरू टोल–टोलमा प्रतिकार गर्न नागरिक दस्ता बनाउन थालेका छन्। सुरक्षाफौज र नागरिकबीचको मुठभेड हेर्दा म्यान्मार गृहयुद्धतर्फ जाने सङ्केत देखिन थालेको छ।

‘नेशनल लिग फर डेमोक्रेसी’ पार्टीको अग्रसरतामा प्रजातन्त्रवादीहरुले सैन्य जुन्ताविरुद्ध समानान्तर एकता सरकारकाे अभ्यास थालेका हुन्। सैन्य ‘कू’को विरोधमा नेपाल मानवअधिकार संगठनले नेपालस्थित म्यान्मार दूतावास र संयुक्त राष्ट्रसंघ कार्यालय अघि पटक–पटक प्रदर्शन समेत गरेको छ।

म्यान्मारमा मानवअधिकारको पछिल्लो अवस्था र शान्तिका लागि नेपालको भूमिकाका सन्दर्भमा नेपाल मानवअधिकार संगठनका अध्यक्ष महामुनिश्वर आचार्यसँग बिएल नेपाली सेवाका लागि जीवनले गरेको संवाद:



जनतामा त्रास फैलाउन म्यान्मार सत्ताद्वारा मृत्युदण्डको घोषणा 

म्यान्मार सेनाद्वारा मोगोकमा तीन प्रदर्शनकारीको हत्या

म्यान्मार सैन्य सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

म्यान्मारमा प्रजातन्त्रवादीले गठन गरे 'राष्ट्रिय एकता सरकार'

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी 

म्यान्मारको कू: मारिनेमा किशोरीदेखि ट्याक्सी ड्राइभरसम्म 

प्रकाशित मिति: : 2021-04-18 21:43:00

प्रतिकृया दिनुहोस्