म्यान्मार सेनाद्वारा मोगोकमा तीन प्रदर्शनकारीको हत्या

म्यान्मारको शान प्रान्तस्थित मोगोकमा सेनाको गोली लागेर तीन प्रदर्शनकारीको मृत्यु भएको छ।

सैन्य ‘कू’को विरोध र एकता सरकारको समर्थनमा उत्रिएका नागरिकमाथि सेनाले गोली हानी हत्या गरेको हो। मृत्यु भएका दुई जनाको टाउको र एक जनाको पेटमा गोली लागेको थियो।

एकता सरकार गठनपछि प्रजातन्त्रवादीले शनिबार मोगोकमा बृहत् र्यालीकाे आयोजना गरेका थिए। सैन्य जुन्ता शासनले प्रदर्शनलाई बिथोल्न अन्धाधुन्ध गोली चलाएपछि केही समय भागाभाग मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन्। 



म्यान्मार सैन्य सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने



प्रदर्शनकारीले अबरोध गर्न तयार पारेका सबै सामाग्रीहरू सैन्य परिषद्का सदस्यहरुले ध्वस्त पारेपछि प्रदर्शनकारीसँग मुडभेडसमेत भएको थियो। 

निर्वाचित सांसद, जनजाति नेताहरू र सेना विरोधी आन्दोलनका सदस्यहरू मिलेर गठित एकता सरकारको पक्षमा मोगोकबासीले समर्थन र्याली प्रदर्शन गरेका हुन्।

मोगोकको प्रदर्शनमा मारिएका तीन शहीद मध्ये एकजना आफ्नो स्कुले साथी भएको एक बर्मेली-नेपालीले जनाएका छन्।

प्रदर्शनमा सहभागी दर्जनभन्दा बढि घाइते भएको बताइएको छ।


सैनिक शासनबाट पिल्सिएको म्यान्मारको यस्तो हाल 

म्यान्मार ‘कू’: चर्चित गायिका पो पो पक्राउ

म्यान्मार ‘कू’: प्रदर्शनमा ५१ बालबालिका मारिए

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

प्रकाशित मिति: : 2021-04-17 22:46:00

प्रतिकृया दिनुहोस्