म्यान्मार ‘कू’: प्रदर्शनमा ५१ बालबालिका मारिए

Photo - Lahoreherald

राजनीतिक आन्दोलन चर्किरहेको म्यान्मारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो।

आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले भने।


म्यान्मार ‘कू’: संकटको सारथी बन्दै 'मिचिना युवा'


नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गरेका थिए। उनले भने, 'गत फेब्रुअरी १ तारिखदेखि यही अप्रिल १३ तारिखसम्मको विवरण अनुसार म्यान्मारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेका छन्।'

आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए। हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक पटक आग्रह गरेपनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता पनि व्यक्त गरे।


म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी


पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यान्मारको सत्ता हातमा लिएको छ।

तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो।

सेनाले सत्ता लिएकै दिनदेखि सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ।


म्यान्मार ‘कू’विरूद्धको प्रदर्शनका प्रभावशाली युवा नेता पक्राउ


सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यान्मारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएका छन्।

सर्वत्र विरोध हुदाँहुदै पनि सेनाले अटेरी गरिरहेपछि भइरहेको आन्दोलनका क्रममा म्यान्मारमा अहिलेसम्म ७०७ जनाको मृत्यु भएको छ। एजेन्सी


सैनिक शासनबाट पिल्सिएको म्यान्मारको यस्तो हाल 

म्यान्मार सेनाद्वारा टमूनगरमा दुई नेपालीभाषीको गोली हानी हत्या

थप क्रूर बन्दै बर्मेली सेना, सर्वसाधारणको घरमा रकेट लञ्चर प्रहार

सेनाको हवाई आक्रमणपछि ओढारमा बस्न बाध्य बर्मेली

आन्दोलनमा शहादत प्राप्त गरेकी १९ वर्षीया ‘एञ्जेल’को हृदयविदारक कथा


प्रकाशित मिति: : 2021-04-15 23:15:00

प्रतिकृया दिनुहोस्