म्यान्मारको कू: मारिनेमा किशोरीदेखि ट्याक्सी ड्राइभरसम्म

बिबिसी

काठमाडाैं

गत फेब्रुअरी १ तारिखमा कूमार्फत् सेनाले सत्ता आफ्नो हातमा लिएयता म्यान्मारमा सुरक्षाकर्मीहरूले ७०० जनाभन्दा बढीको हत्या गरिसकेको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (बर्मा) ले जनाएको छ।

बीबीसीले त्यसरी मारिएकामध्ये तीनजनाका आफन्तसँग कुराकानी गरेको छ।

कू पछि म्यान्मारमा हिंसाको उतारचढाव जारी छ। प्रदर्शनकारीमाथि दमन बढ्दा त्यसका पीडितहरूको सङ्ख्या पनि बढिरहेको छ।

मारिएकामध्ये केहीले कू विरुद्धको प्रदर्शनमा हिस्सा लिएका थिए।

तर बालबालिकासहित कतिपय अरू चाहिँ सामान्य रूपमा आफ्नै घरमा बसिरहेका बेला मारिए।

प्रस्तुत छ: तीन पीडित परिवारले सुनाएका उनीहरूका कथा।

टिकटकमा प्रजातन्त्रका पक्षमा गीत गाउने किशोरी

प्रजातान्त्रिक आन्दोलनकी उत्साही समर्थक चौध वर्षीया पान ई फूले प्रजातन्त्रको पक्षमा गीत गाउँदै टिकटकमा कैयौँ भिडिओहरू बनाएकी थिइन्।

सुरक्षा चिन्ताले उनकी आमा थिडा सानले उनलाई सडक प्रदर्शनमा सामेल हुन दिइनन्।

तर त्यो मात्र उनलाई बचाउनका लागि पर्याप्त भएन।

गत मार्च २७ तारिखमा उनी सैन्य कारबाहीबाट बच्न भागिरहेका प्रदर्शनकारीलाई आफ्नो घरको ढोका खोल्न चाहन्थिन्।

तर पान ई फूलाई आफ्नै घरभित्र गोली हानेर मारियो।

चौध वर्षीया पान ई फूले प्रजातन्त्रको पक्षमा गीत गाउँदै टिकटकमा कैयौँ भिडिओहरू बनाएकी थिइन्

त्यो दिन कूपछि सबैभन्दा धेरै मानिसहरू मारिएको दिन थियो।

उक्त दिन ११ जना बालबालिकासहित ११४ जना मारिएका थिए।

उनकी आमा थिडा सानले भावुक हुँदै बीबीसीसँग भनिन्, "उ एक्कासि लडी, मैले सोचे चिप्लिएकी होली। तर मैले त्यसपछि उसको ढाडमा रगत देखे अनि थाहा पाएँ- उसलाई गोली लाग्यो।"

प्रकाशित मिति: : 2021-04-13 15:41:00

प्रतिकृया दिनुहोस्