जनतामा त्रास फैलाउन म्यान्मार सत्ताद्वारा मृत्युदण्डको घोषणा

Photo: Mizzima
Photo: Mizzima

म्यान्मार सैन्य जुन्ताले भय फैलाउन प्रदर्शनमा उत्रिएका १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

सैन्य ‘कू’को विरोधमा दिनहुँ आन्दोलित नागरिकमाथि मृत्युदण्ड घोषणालाई कानूनविद्ले सेनाको थप दमनकारी नीति भएको बताएका छन्। उनीहरूको सैन्य शासनको उक्त कार्यप्रति गम्भीर आपत्ती समेत जाएका छन्।

प्रजातन्त्रवादीलाई अनेक बहानामा मृत्युदण्डको घोषणा जनतामा त्रास सिर्जना गर्ने बाहेक अरु केहि नरहेको कानून विज्ञहरुको भनाई छ।

गत साता म्यान्मार सैन्य टेलिभिजनमार्फत आर्थिक राजधानी रंगुनस्थित उत्तरी ओकालापाका १९ प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। 

सेनाले उनीहरूलाई गत मार्च महिनामा प्रहरीमाथि हातपात गरेको र बन्दुक चोरेको आरोप लगाएकाे छ।

नागरिकलाई सैन्य जुन्ताले मृत्युदण्डकाे हल्ला गरेर आतंक जगाउने प्रयास गरेको एक वकिलले बताएका छन्। उनले म्यान्मार नाउसँग भनेका छन्, ‘सेनाले दैनिक मानिस मारिनै रहेको छ। तर यसरी खुलेआम मृत्युदण्डको घोषणा गर्नु भनेको जनतामा त्रास फैलाएर विरोध कम गराउन खोज्नु मात्र हो।’


म्यान्मार सेनाद्वारा मोगोकमा तीन प्रदर्शनकारीको हत्या

म्यान्मार सैन्य सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

म्यान्मारमा प्रजातन्त्रवादीले गठन गरे 'राष्ट्रिय एकता सरकार'

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी 

म्यान्मारको कू: मारिनेमा किशोरीदेखि ट्याक्सी ड्राइभरसम्म 

प्रकाशित मिति: : 2021-04-18 07:54:00

प्रतिकृया दिनुहोस्