अझै कम भएन वायु प्रदूषण

नेपालमा वायु प्रदूषण अझै कम भएको छैन्। दिनहँ विभिन्न ठाउँमा बढ्दै गइरहेको डढेलो र आगलागीले वायु प्रदूषण कम नभएको हो।

यो वर्ष मात्र देशका ३७७ स्थानमा डढेलो लागेको पाईएको छ। केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन।

स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै नभएको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताए।

मङ्गलबार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ। त्यसपछि काठमाडौँ, पोखरा, सौराहा, सिमरालगायतका शहरका आकाश प्रदूषणले ढाकिएको छ।

विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ। त्यस्तै काठमाडौँमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ।

दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ। काठमाडौँमा दुई दिनअघि शिवपुरी जङ्गलमा उच्च डढेलो लागेको थियो।

प्रकाशित मिति: : 2021-04-15 06:16:00

प्रतिकृया दिनुहोस्