दार्चुलाका दुईजना 'प्रबल जनसेवाश्री' बाट विभूषित भएका छन्।
लामो समय प्रवास बसेका हाल दार्चुलाको विकासका लागि सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यमा क्रियाशील युवक हरदेव जोशी शुक्रबार विभूषित भए।
खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान दिएर देशलाई विश्वसमक्ष चिनाउन सफल ब्याट्मिण्टन खेलाडी प्रिन्स दाहाललाई प्रवल जनसेवाश्री पाचौँबाट विभूषित गरिएकाे हाे।
सरकारको सिफारिशमा सम्मानित दुवैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवास काठमाडौंमा आयोजित समारोहमा प्रवल जनसेवाश्री चतुर्थ श्रेणी विभूषित गरेकी थिइन्।