बिएल संवाददाता
म्यान्मारमा जारी सैन्य सरकारको दमनमा ५ सय ६८ लोकतन्त्रवादीले ज्यान गुमाउनु परेको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पुष्टि गरेको छ।
महासचिवको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा म्यान्मारको सैन्य जुन्ता सरकारले हिंसालाई अझै धनीभूत बनाउँदै लगिरहेको छ।
यसअवधिमा यो साता मात्र १८ जनाले ज्यान गुमाएको विज्ञप्तिमा भनिएको छ।
म्यान्मारमा निर्वाचित सरकार संसदबाट अनुमोदित हुने दिन सेनाले ‘कू’ गरेको थियो। १ फेब्रुअरीमा ‘कू’ गर्नुअघि सेनाले प्रजातन्त्रवादी नेता आङ सान सु कीलाई नजरबन्दमा राखेको थियो।
गत साता म्यान्मारको म्यात चे शहरमा आन्दोलनका क्रममा पक्राउ परेका दुई आन्दोलनकारी पुलिस हिरासतमा मारिएका छन्।
म्यान्मारमा सैन्य ‘कू’ विरूद्ध २८ मार्चमा भएको शान्तिपूर्ण आन्दोलनमा म्याच चे शहरबाट चार जना पक्राउ परेका थिए।
पारिवारिक स्राेतले सुरुमा दिएको जानकारी अनुसार पक्राउ परेको भोलिपल्ट उनीहरूलाई पाकोकु शैन्य अस्पतालमा छोडिएको थियो। तरपछि रिपोर्ट आयो, ती चारमध्ये दुई जनाको निधन भइसकेको थियो।
म्यान्मार सैन्य 'कू'को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन।
सुरक्षा फौजको गोली लागेर 'कू' भएयता ५ सय ५६ प्रदर्शनकारीले ज्यान गुमाएका छन्। सैन्य शासनले गोली चलाउँदा शनिबार थप ६ प्रदर्शनकारीको मृत्यु भएको छ।
राजधानी नेपिडो, रंगुन र माण्डलेलगायत शहरमा सुरक्षाकर्मीले बर्बर दमन गरेको छ। सैन्य शासन ‘जुन्ता’को चरम दमन हुँदाहुँदै हजारौं–हजार स्वतन्त्र बर्मेली शान्तिपूर्ण सडक आन्दोलनमा जुटेका छन्।
म्यान्मारको कारेन प्रान्तका आदिवासीहरू घर छाडेर ओढोरमा बस्न बाध्य छन्।
सरकारी सेनाले बस्तीमा हवाई अक्रमण थालेपछि उनीहरू ज्यान जोगाउन ओढार र खुला स्थान खोजिरहेका छन्।
ती मध्ये हजारौं मानिस शरणका लागि थाइल्याण्ड सीमा पार गरेको बताइन्छ।
म्यान्मार–थाइल्याण्ड सीमावर्ती जंगलमा उनीहरू सुरक्षित रहे पनि बसाँई र खानपिनमा समस्या भएको थाइ तथा बर्मेली सञ्चारमाध्यमले जनाएको छ।
सरकारी सुरक्षा फौज र विद्रोही समूहको मुठभेडपछि गाउँ छाडेर उनीहरू जंगल तथा छिमेकी मुलुकतर्फ भागिरहेका छन्। सैन्य जुन्ताको निरन्तर हवाई आक्रमणले स्थानीय त्रसित भएका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया