बिएल संवाददाता
म्यान्मार सैन्य ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन।
सैन्य शासन ‘जुन्ता’को चरम दमन विरुद्द हजारौं–हजार स्वतन्त्र बर्मेली शान्तिपूर्ण सडक आन्दोलनमा जुटेका छन्।
सुरक्षा फौजको गोली लागेर 'कू' भएयता ५ सय ४३ प्रदर्शनकारीले ज्यान गुमाएका छन्। कतिपय घरमै बसिरहेका नागरिकमाथि सुरक्षकर्मीले अन्धाधुन्ध गोली चलाएर हत्या गरेको बर्मेली सञ्चार संस्था ऐरावतीले जनाएको छ।
सैन्य शासनले गोली चलाउँदा बिहिवार ६ प्रदर्शनकारीको मृत्यु भएको छ। हालसम्मको आन्दोलनमा ४३ भन्दा बढी बालबालिकालाई सुरक्षा फौजले गोली हानी हत्या गरेको छ।
बालबालिकाका लागि काम गर्दै आएको अन्तराष्ट्रिय संस्था 'सेभ द चिल्ड्रेन'का अनुसार सेनाले 'कू' गर्दै सत्ता हत्याएपछि जारी प्रदर्शनका क्रममा उनीहरूको ज्यान गएको हो।
.jpg)
पूर्वी एसियाली राष्ट्र म्यान्मारमा माघ १९ गते प्रजातान्त्रिक सरकार वर्खास्त गरी सैनिक 'कू' गरिएपछि उक्त देश विश्व समुदायसामु फरक तरिकाले चिनिँदै आएको छ।
प्रजातन्त्र खोसेको र नेतृ आन साङ सुकीसहितका प्रजातन्त्रवादीलाई थुनामा राखेको विरोधमा म्यान्माली नागरिक दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। सैनिक शासक ‘जुन्ता’ विरूद्ध उठ्ने हरेक आवाजलाई दबाउन क्रूरतापूर्वक लागिपरेको छ।

म्यान्मारमा जारी सैनिक शासन गत फेब्रअरी १ देखि सुरु भएको हो। म्यान्मारका सेना प्रमुख मिन ओङ ह्लाइङले ‘जननिर्वाचित नागरिक सरकार’ लाई अपदस्थ गरी सत्ता हत्याएका हुन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया