म्यान्मारमा जारी सैन्य ‘कू’ विरूद्धको आन्दोलनमा ५४३ प्रदर्शनकारीको मृत्यु

Photo : RFA
Photo : RFA

म्यान्मार सैन्य ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन।

सैन्य शासन ‘जुन्ता’को चरम दमन विरुद्द हजारौं–हजार स्वतन्त्र बर्मेली शान्तिपूर्ण सडक आन्दोलनमा जुटेका छन्। 

सुरक्षा फौजको गोली लागेर 'कू' भएयता ५ सय ४३ प्रदर्शनकारीले ज्यान गुमाएका छन्। कतिपय घरमै बसिरहेका नागरिकमाथि सुरक्षकर्मीले अन्धाधुन्ध गोली चलाएर हत्या गरेको बर्मेली सञ्चार संस्था ऐरावतीले जनाएको छ। 

सैन्य शासनले गोली चलाउँदा बिहिवार ६ प्रदर्शनकारीको मृत्यु भएको छ। हालसम्मको आन्दोलनमा ४३ भन्दा बढी बालबालिकालाई सुरक्षा फौजले गोली हानी हत्या गरेको छ।

बालबालिकाका लागि काम गर्दै आएको अन्तराष्ट्रिय संस्था 'सेभ द चिल्ड्रेन'का अनुसार सेनाले 'कू' गर्दै सत्ता हत्याएपछि जारी प्रदर्शनका क्रममा उनीहरूको ज्यान गएको हो। 

पूर्वी एसियाली राष्ट्र म्यान्मारमा माघ १९ गते प्रजातान्त्रिक सरकार वर्खास्त गरी सैनिक 'कू' गरिएपछि उक्त देश विश्व समुदायसामु फरक तरिकाले चिनिँदै आएको छ।

प्रजातन्त्र खोसेको र नेतृ आन साङ सुकीसहितका प्रजातन्त्रवादीलाई थुनामा राखेको विरोधमा म्यान्माली नागरिक दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। सैनिक शासक ‘जुन्ता’ विरूद्ध उठ्ने हरेक आवाजलाई दबाउन क्रूरतापूर्वक लागिपरेको छ।

म्यान्मारमा जारी सैनिक शासन गत फेब्रअरी १ देखि सुरु भएको हो। म्यान्मारका सेना प्रमुख मिन ओङ ह्लाइङले ‘जननिर्वाचित नागरिक सरकार’ लाई अपदस्थ गरी सत्ता हत्याएका हुन्।


म्यान्मार सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

सेनाको बर्बर दमनबाट अत्तालिएका बर्मेलीहरु (तस्बिरसहित)

म्यान्मारको प्रजातन्त्र पुनर्बहाली आन्दोलनमा डेढ महिनाभित्र ३२० जनाको हत्या, ३ हजार गिरफ्तार

सेनाको हवाई आक्रमणपछि ओढारमा बस्न बाध्य बर्मेली (तस्बिरसहित)

प्रकाशित मिति: : 2021-04-02 06:51:00

प्रतिकृया दिनुहोस्