तेजन खड्का
गत पुष ५ गते दाजु प्रवीण बास्तोलाको रहस्मय मृत्यु भएपछि नेपाल आएर न्यायको लागि संघर्ष गरेकी सदिक्षा बास्तोला अमेरिका उडेकी छिन्।
अमेरिकाको टेक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’मा पाइलट तालिम पुरा गर्न बास्तोला अमेरिका फर्किएकी हुन्। उनका दाई उर्लाबारीका ३२ वर्षीय प्रवीण बास्तोलाको रहस्यमय मृत्यु भएको थियो। प्रहरीले अनुसन्धान गर्दै उनको मृत्यु भवितव्य भन्यो। र एक महिनामै उक्त केश बन्द गर्न खाेज्याे।
सो घटनापछि निकै विक्षिप्त बनेकी सदिक्षा दाईमाथि अन्याय भएको भन्दै नेपाल फर्किएर न्यायका लागि अगाडि सरिन्। उनले फेसबुक लाईभ मार्फत प्रहरीको काम कारबाही फितलो भएको भन्दै आवाज उठाएपछि ‘बास्तोला मृत्यु प्रकरण’ भाईरल भएको थियो। त्यस पश्चात उनले देशवासीको साथ पाएकी थिईन्।
अमेरिका उड्न अघि एयरपोर्टमा बिएल नेपालीसेवासँग कुराकानी गदै उनले न्यायको लडाईमा साथ दिने सबैमा धन्यवाद प्रकट गरिन्। उनले भनिन्, 'आज हजुरहरुको साथ सहयोग बिना घटनामा दोषी भनिएकाहरु पक्राउ पर्ने थिएनन्। प्रहरीले अनुसन्धान नै फितलो गरेको थियो। साथ सहयोग लागि धन्यवाद। म पाईलटको कोर्ष सकेर फर्किनेछु।'
उनले आफ्नो दाजुको घटनाको सत्य तथ्य छानविन होस भनेर नेपाल आएको र पछिल्लो समय प्रहरीले न्यायको लागि कार्यसम्पादन गरेपछि अमेरिका फर्किन लागेको बताईन्। उनले भनिन्, 'आफ्नो दाजुको मृत्युको छानविनका लागि लडेकी हुँ। कसैसँग भिड्न आएको होईन्।'
अन्त्यमा उनले नेपालमा राजनीतिक हस्तक्षेपका कारण आन्दोलन गर्दा मात्र न्याय पाईने नजिर नबसोस भन्दै दुख प्रकट गरिन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया